चर्चित रेस्लर खलीकी आमाको निधन
खबर एक्सप्रेस
२०७८-०३-०७ ११:२७ मा प्रकाशित
Total Shares: 553
काठमाडौं, एजेन्सी - डब्लुडब्लुइका चर्चित रेस्लर खली (द ग्रेट खली) की आमाको निधन भएको छ । गएराति उनकी आमा टाण्डी देवीको निधन भएको हो । लामो समयदेखि उनी बिरामी रहेकी थिइन् ।
उनको अस्पतालमा उपचार भइराखेको थियो । उनलाई लुधियानाको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
आइसियुमा उपचार भइराखेको उनको गएराति निधन भएको हो । उनको आज अन्तिम संस्कार हुने मिडिया रिपोर्टमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस