पोखरा - कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर बनाएकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपाकी उम्मेदवार भट्टराईले १४ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनलाई कांग्रे उम्मेदवार खेमराज पौडेलले पछ्याइरहेका छन् । पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । भट्टराई र पौडेलबीचको मतान्तर ७ हजार १५० रहेको छ।

हालसम्म कास्की-२ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । बाँकी रहेका ६ वटा वडाको मतगणना जारी छ ।