काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले बताएको छ ।

मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओली अस्पतालमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज अस्पताल पुगेकी छिन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई भेट्टन राष्ट्रपति भण्डारी दोस्रो पटक बिहीबार दिउँसो अस्पताल पुगेकी हुन् । उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३० मिनेट समय बिताएकी थिइन् ।