काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल सभामुख चयन गरेर संसद सुचालु गर्न माग गरेका छन् ।

काठमाडौंमा आज प्रजातान्त्रिक विचार समाजको ज्ञापनपत्र बुझेपछि ईमेज च्यानलसंग कुरा गर्दै उनले कम्युनिष्ट सरकार बहुमतको दम्भबाट संसदलाई बन्धक बनाउन लागि परेको भन्दै तत्काल संसद संचालन गर्न माग गरे ।

पार्टीको आन्तरिक द्वन्द्वमा फसेर जनताको आवाज बोल्ने थलो अवरुद्ध गर्ने अधिकार कसैलाई पनि नभएको पौडेलको भनाई छ ।

नेता पौडेलले वर्तमान शासन व्यवस्थाको महत्वपूर्ण अंगको रुपमा संसद रहेको भन्दै लामो समय संसद नचल्दा सरकारका हरेक क्रियाकलाप स्वेच्छाचारी बनेको टिप्पणी गरे ।

समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले स्वतन्त्रता विपरितका कानुनहरु बन्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।