काठमाडौं -  आज (सोमबार) सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ सयले घट्दै ७१ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि २ सयले घटेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ ।

चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।