काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा एक्ला-एक्लै वार्ता भएको स्रोतले बताएको छ । झण्डै एक हप्तापछि भएको दुई अध्यक्षबीचको वार्तामा के भयो भन्नेबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन । तर, वार्ताबाट खासै ठोस निष्कर्ष ननिस्किएको र भोलि फेरि छलफल गर्नेमा सहमति भएको बताइएको छ । 

पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। असार २६ गतेका लागि तय भएको बैठक बाढी पहिरोका कारण विपत्मा फसेकाको उद्धारको लागि कार्यकर्तालाई निर्देशन दिँदै साउन २ गतेसम्मका लागि स्थगित भएको छ।