काठमाडौं - नेपाली कांग्रेसले सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ।

मंगलबार पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवाद हल गर्ने जिम्मेवारी अब प्रधानमन्त्रीको भएको बताएका हुन् ।

सर्वपक्षीय भेलामा सबैले सुझाव दिइसकेको बताएका शर्माले सरकारको भूमिका नजिकबाट निहालिरहेको बताएका छन् ।