काठमाडौं - नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमित भेटिएको छ ।

नेपालमा एकजना कोरोनाभाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले चीनबाट फर्किएकी एकजना नेपाली विद्यार्थी कोरोनाभाइरस संक्रमति भएको पाइएको जानकारी दिएको छ ।

वुहानबाट फर्किएकी उनको टेकुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शंकास्पद देखिएको ‘रिपोर्ट’लाई हङकङ पठाइएको र हङकङबाट कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।