काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिका नाममा दर्ता भएको २८४ बिघा सरकारी जग्गा ट्रस्टका नाममा फिर्ता गराइसकेको छ ।

देशभर व्यक्तिले अतिक्रमण गरी उपयोग गरिरहेका सरकारी जग्गालाई सरकारले फिर्ता ल्याउने अभियान नै चलाएको स्पष्ट पारिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले फिर्ता ल्याउने क्रम जारी रहेको बताइन्। उनले जग्गा फिर्ता ल्याउने क्रम दिन प्रतिदिन यो बढ्ने क्रममा छ भनिन् ।

शुक्रवार मन्त्रालयमा दुई वर्षको अवधिमा भए गरेका प्रगति सार्वजनिक गर्ने क्रममा जग्गा फिर्ताको अभियानमा सरकार रहेको स्पष्ट पारिन् ।  

गोरखापत्र दैनिकबाट