काठमाडौं  - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्ने विषयमा  प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीमाथि स्थायी समिति बैठकमा राजीनामा दिन दबाब बढेपछि उनले संसद अधिवेशन अन्त्य गराएका छन्। दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाले जनाएको छ ।