काठमाडाैं - नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ ।

उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि आफूसँग रहेको बताएकी छिन् । उनले, स्किन सिटीमा आफ्नो पनि केही शेयर रहेको बताएकी छिन् ।

चलचित्र क्षेत्रमा आफूले काम गर्दै गर्दा दर्शकले अपार माया दिएको भन्दै वर्षाले चलचित्र र व्यापारलाई एकसाथ अगाडि बढाउन सहज नभएको बताएकी छिन् । तर, पनि आफू नयाँ क्षेत्रमा पनि सफल हुने विश्वास उनको छ ।

नेपाली चलचित्रका कलाकारहरुले चलचित्र यात्रासँगै विभिन्न व्यापार व्यवसाय पनि अगाडि बढाइरहेकी छिन् । वर्षाले पनि चलचित्रसँगै व्यापारमा पाइला चालेकी हुन् ।