काठमाडौं - प्रेमीको जन्मदिन मनाउन काठमाडौंको बालाजुमा गएकी एक किशोरी मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार १६ वर्षीय किशोरी जेनी तामाङ मृत फेला परेकी हुन् । त्रिपुरेश्वको सुकुम्वासी बस्तीमा बस्ने जेनी आफ्ना प्रेमी भीम मगरको बालाजुस्थित कोठामा असार ३० गते साँझ  बस्ने  गरी गएको प्रहरीले बताएको छ ।

जन्मदिन मनाउन १९ वर्षीय भीमको मगरको कोठामा पुग्दा उनले प्रविना नगरकोटीलाई देखेकी थिइन् । टिभी हेरेर बसेकी नगरकोटी र जेनीबीच केही समय उत्पन्न भएको प्रहरीको भनाइ छ ।  आफ्नो प्रेमीको कोठामा अर्कै केटी देखेपछि नगरकोटी र जेनीबीच झगडा भएको थियो ।प्रहरीसमक्ष भीम र प्रविनाले जेनीले झुण्डिएर आत्महत्या गरेको बयान दिएका छन् ।

भीमले झगडालगत्तै प्रविनाको सल दिएर जेनी शौचालय गएको बयान प्रहरीसमक्ष दिएका छन् । लामो समयसम्म शौचालयबाट नफर्केपछि आफू शौचालय जाँदा जेनी सलमा झुण्डिएको अवस्थामा देखेको उनको भनाइ छ ।

भीम र प्रविना दुबैले जेनीलाई अस्पताल लगेको बताएका छन् । तर अस्पताल पुर्‍याउनु पूर्व नै जेनीको मृत्यु भएको थियो । हाल शवको पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

तर उनीहरु दुवैमाथि म्याद थपेर अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धानबाट नगरकोटी समेत भीमकी प्रेमिका भएको खुलेको छ ।