काठमडौं - वरेण्य विद्वान् हिन्दु राष्ट्रगुरु योगी नरहरिनाथः ब्रम्हलीन भएको आज १६ वर्ष पुगेको छ । यस पुनित अवसरमा विद्वान् राष्ट्रगुरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । विगतका पन्ध्रौँ वर्षदेखि म केवल औपचारिकता पूरा गर्ने मेसोमा मृगस्थलीस्थित उहाँको समाधिमा राखिएको प्रतीमाको अघिल्तिर उभिएर ‘गुरुब्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।।।’ जप्दै प्रत्येक वर्ष यसरी नै श्रद्धाञ्जली व्यक्त गर्दै आइरहेको छु । श्रद्धेय गुरुको सपना साकार तुल्याउनका निमित्त केही गरेरै छाड्ने सङ्कल्प दोहो¥याउँछु । शायद मृत भैसकेको आत्मामा ईश्वरत्व हुँदैन, सुन्दैन भन्ने लागेर हुनसक्छ, कत्ति पनि लाजै नमानी पटक पटक आफ्ना झुट्टा प्रतिवद्धताहरू यसरी नै व्यक्त गर्दै फर्किन्छु । श्रद्धेय योगीजीप्रतिको मेरो सम्मान सदैव यत्तिमै सिमित रहँदै आयो । समाज र राष्ट्रका लागि हुनुपर्ने र गरिनुपर्ने योगीजीका कामहरू त थुप्रै थिए, तर यो पन्ध्र वर्षको यात्रामा निरन्तर वर्ष नबिराई योगीजीको समाधिमा पूmल अर्पण गर्ने बाहेक एउटा ढलेको सिन्को मात्रै भएपनि ठड्याइयो भनेर भँगेरे छाति फुलाउने हैसियत बनाउन सकिएन । शायद तपाई हामी सबैले गरिरहेको यही नै होला । तैपनि एकपटक उहाँको जन्मघर कालीकोटको लालू पुगेरै आउँछु, त्यो स्थान महान् तीर्थस्थल हो भनेर गएको कात्र्तिकको महिनामा जसो तसो कालीकोटसम्म त पुगेँ, बाटो निर्माणका लागि भिर पहरा खोपिएको हुनाले मोटर लिएर वा पैदल नै भए पनि लालू जान असम्भव छ भन्ने जानकारी पाएपछि खिन्न मन लिएर सदरमुकाम मान्मबाट नै फर्किनु परेको थियो । नियतीको भोगभाग, त्यही इच्छा पनि अधुरै रहन पुग्यो । बाटो निर्माण भइसकेको जानकारी पाउने बित्तिकै एकपटक पुग्न पाए हुँदो हो भन्ने अठोट् भने मरेको छैन । आगे, राम जाने ¤

वि।सं। १९७१ फागुनको १७ गतेका दिन जन्मिएका योगी नरहरिनाथलाई जुम्लाको सिद्ध चन्दननाथ भाषा पाठशालामा पु¥याइएर गोरक्षनाथ सम्प्रदायमा दीक्षित गरिनु भन्दा पहिले कालीकोट जिल्लाको दुर्गमगाउँ लालू बस्ने ललितसिंह थापा र गौरीदेवीका माइला छोरा बलवीर सिंह थापा भनेर बोलाइन्थ्यो । उहाँका दीक्षागुरु योगी छिप्रानाथ महाराजले नै वि.सं. १९८१ तिर बलवीरसिंह थापालाई योगी नरहरिनाथ बनाइदिनुभयो । उहाँका दीक्षा गुरु छिप्रानाथ योगी हुनुहुन्थ्यो भने शिक्षागुरु सरस्वती संस्कृत विद्यालय खन्ना, लुधियानाका आचार्य विश्वनाथ प्रभाकर हुनुहुन्थ्यो । सिक्नुपर्ने राम्रा कुरा जोसँग सिके पनि हुन्छ भन्ने विचारवान् योगीले भारतका सुप्रसिद्ध शास्त्रार्थ महारथी योगी शंकरनाथ फलेग्रहिसँग पनि संस्कृत व्याकरण सिक्नुभएको देखिन्छ । हुन त गोरखनाथमन्दिर, गोरखपुरका तत्कालीन मठाधीश तर्कवागीश दिग्विजयनाथ योगीजी महाराज, वेदवेदान्तशास्त्री अवेद्यनाथजी महाराज, शास्त्रार्थ महारथी शंकरनाथ फलेग्रही आदि सबै व्यक्तित्वहरू आ–आफ्नो विद्याको क्षेत्रका धुरन्धर महापण्डित् नै हुनुहुन्थ्यो । योगी नरहरिनाथ पनि के कम् र ? उहाँको काव्य रचनाको प्रखरताका कारण उहाँलाई सम्पूर्ण भारतवर्षले महाकवि वा कविजी वा कविरत्न भनेर संवोधन गरी सम्मान गर्नैपर्ने अवस्था बनिसकेको रहेछ । यही तथ्य थाहा पाउन पनि हामीलाई लामै समय प्रतिक्षा गर्नुप¥यो । उहाँले आर्जन गरेको यही प्रतिष्ठाले पनि नेपाल र नेपालीको शिरलाई विश्वमानवसमुदायका बीच हिमालभन्दा अग्लो बनाइदिएको छ । आज कविरत्न योगी नरहरिनाथको कवि व्यक्तित्वसँग सम्बन्धित सन्दर्भहरूमा चर्चा गर्दै श्रद्धेय विद्वान् राष्ट्रगुरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । भगवान् गोरक्षनाथ र आराध्यदेव पशुपतिनाथसँग यस भू–खण्डमा योगी नरहरिनाथजस्ता विद्वतपुरुषहरूको बारम्बार अवतरण भइरहोस्, योगी नरहरिनाथः सदा सर्वदा अमर रहुन् भन्ने कामना गर्दछु ।

योगी नरहरिनाथःको जीवनवृत्ति सम्झिँदा वा पढ्दा र सुन्दा पनि आँखा नरसाउने शायदै कोही हुन सक्ला । उहाँले भोग्नुपरेको दुःख त भोलि अरुहरूले पनि भोग्नुपर्ने हुन सक्दछ । ब्रम्हलीन भइसकेको शरीरले भिरेको गैरिक मेखलोभित्र लुकेको पार्थिव शरीरभरिका निलडाम र घाउका खाटा लुकाउने कुनै उपाय निर्जीव भैसकेको पार्थिव शरीरसँग थिएन । योगीका सामग्री संरक्षणका क्रममा योगीको मेडिकल रिपोर्ट नभेटिएकोले के कसो भएको थियो भनेर यसै किटान गर्न, भन्न सकिएन । समाधि व्यवस्थापन समितिले आफ्ना सबै जिम्मेवारीहरू पूरा गरिसकेको देखिएकोले मेडिकल रिपोर्ट के भयो र कता गयो भन्ने विषय आजका दिनसम्म पनि अन्यौलमै रहेको देखिन्छ । तर, चिकित्सालयका स्वास्थ्यकर्मी परिचारिकाहरू र दिवङ्कत् देहलाई समाधिस्थलसम्म पु¥याउने सबैले देखे बुझेको सत्य हो यो । आठै वर्षको कलिलो उमेरमा आप्mनी जन्मदाताको मातृवात्सल्यबाट छुटाएर दूधे अनुहार छँदै ठूलो मान्छे बनाइनका लागि मातापिताद्वारा बलवीरसिंह थापा जुम्ला चन्दननाथमन्दिरको जोगीको पोल्टामा बुझाइनुभएको थियो । एक गाँस खान र एक हड् ओडापोरीको लागि खासै दुःखजिलो गर्न नपर्ने परिवार भएपनि उच्च पहाडि जनजीवन कष्टकर त छँदै थियो । त्यसमाथि गाउँघरतिर जेठो छोरो कान्छो नानी, साइला माइला आनीमानी भन्ने उखान अझैँ पनि प्रचलित छ । हाम्रो समाजमा जेठो र कान्छो छोरोप्रति मात्र बाबु आमाको मायाप्रेम बढी हुन्छ भन्ने भनाई रहेको छ । उखानले भने झैँ आफूले जन्माएको माइलो सन्तान ललितसिंह थापाका दम्पतिलाई पक्कै पनि आनीमानी लागेको त होइन होला । नौमहिना पेटमा बोकेर जन्माएपछि दशधारा दूध चुसाएको कुनै पनि सन्तान् आमाबाबुका लागि आनीमानी हुनै सक्दैनन् । ६ भाई छोरा र ३ बहिनी छोरी जन्माएकी माता गौरीदेवीले टाठोबाठो छोरोलाई कनफट्टा भारतीय जोगी छिप्रानाथको पोल्टामा बुझाउनुपर्दा आमाको चिरिएको छाती, भक्कानिएको मुटु र आँखाबाट उर्लिएको आँशुको पीडा कसले पो बुभ्mन सक्थ्यो र । गाउँघरतिर अझैँपनि केटाकेटी चकचक गरे भने चुप लाग् अहिले जोगी आउँछ, समातेर लैजान्छ भन्ने चलन छँदैछ, पुरानै चलन हो यो । यो परिघटना पनि थापा घरको विठ्याहा छोरोलाई जोगीले समातेर लगेकोजस्तो हुन गयो । विधिको विधान कसले पो जान्दछ र रु जे जस्तो आइपरे पनि ठूला घरकी छोरी बुहारीले अरुलाई दुःख देखाउन मिल्दैनथ्यो । आमाको मन्, मुटुमाथि ढुङ्का राखेरै भएपनि राम्रो सङ्कत पायो भने आप्mनो छोरो भेडीगोठ चाहार्दै भोटको नून मधेश र मधेशको बेसाहा लालूसम्म ओसार्ने मेलोबाट छुट्कारा पाउला कि भन्ने आशाको त्यान्द्रो बल्झियो नै होला । टाठोबाठो छोरो पढ्न सक्यो वा जोगीको जमातमा छि¥यो भने चौँरी, भेडा र घोडाको गोठालो बन्न नपर्ला कि भन्ने विचार पलायो नै होला । आमाको मनले सँधै सन्तानको सुख नै चाहन्छ । बिसौँ शताब्दीको खुड्किलो उक्लँदै गरेको दुर्गम उच्च पहाडि भूमिको सेरोफेरोमा हुर्किएकी आमा गौरीदेवीलाई छोरो ठूलो मान्छे बन्ला भन्ने कल्पना त कसरी पो पलायो होला र ? के गर्याे भने ठूलो मान्छे हुन्छन् र ठूला मान्छे भनेका कस्ता मान्छे हुन्छन् भन्ने ज्ञान कसरी भयो होला र ? मेला–पाखा, धारा–पँधेरामा छोरो जोगीलाई बुझाएर आए भनेर कुरा काट्ने कति भए हुनन् । हुने हुनामी, दैव नटार । दैवको लिला यस्तै थियो । बालकै छँदा भारद्वाज गोत्र परित्याग गरेर निरञ्जन गोत्र वरण गरी आप्mना मातापितासँग जुठोकाट्टो छुट्टयाइसकेका बलवीरसिंह थापाका पिता ललितसिंह थापा वि.सं. २०१८ साल कात्र्तिक २२ गतेका दिन र माता गौरीदेवी पनि अर्को वर्ष अर्थात् वि।सं २०१९ कात्र्तिककै महिनामा सदा सदाका लागि अस्ताए ।

सर्वसाधारण पाठकहरूलाई योगी नरहरिनाथको जस्तो जीवन पो जीवन त, अरुको जीवन के जीवन जस्तो पनि लाग्न सक्दछ । हुन पनि हो, योगीजीको जीवनवृत्तिको प्रत्येक पल पल लोभलाग्दा, इष्र्यालाग्दा छन् । उहाँको जीवनमा दुःख भित्र लुकेका छन्, आकर्षण बाहिर झाँगिएको छ । योगी नरहरिनाथमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दुर्गुणहरू कहिल्यै नजिक पर्न सकेनन् । कसैले कुनै सुन्दर वस्तु उपहार टक्रयाए पनि स्वीकार गरेर तुरून्तै अर्कालाई दिइहाल्ने र कुनै वस्तु पाउन पाए हुन्थ्यो भन्ने कहिल्यै लालसा नराख्ने योगी अगम्य हुनुहुन्थ्यो । वास्तवमा योगी नरहरिनाथः कर्म सन्न्यास गरेर अकर्मण्य बनेको नभई फलको आशमा रूमल्लिएको र जान्ने हुनुको अहंकारलाई परित्याग गरी सदा सर्वदा लोककल्याणका निमित्त जीवनोत्सर्ग गर्नुभएको कर्मयोगी हुनुहुन्थ्यो । त्यहि भएर उहाँ ब्रम्हलीन हुनुभएको यति लामो समय भइसक्दा पनि उहाँका कृतिहरूप्रतिको जनमोह छँदैछ । योगीका प्रवचन क्यासेट खोज्दै मृगस्थली उक्लिनेको संख्या पनि उत्तिकै छ । योगीको दर्शन र योगदानको चर्चा छँदैछ, कोकोहोलो छँदैछ, लोभि पापीहरूको मनमश्तिष्कले झुत्ति खेलिरहेकै छ । यो मोह, यो चर्चा र बहस, यो कोकोहोलो र यो रडाको जत्तिको योगीजीको जीवनकालमा थियो त्यत्तिकै अहिले पनि छँदैछ, बीसको उन्नीस पनि भएको छैन । आहा ।।। जीवन हुनु त यस्तो पो । वर्तमान बिश्वमानवसमुदायसँग यसको आकार घटाउने वा मेटाउने कुनै उपाय पनि छैन, प्रस्तर अभिलेख नै बनिसकेका छन् । तै पनि ‘चाहेजस्तो त कहाँ गर्न सकियो र, योगी नरहरिनाथ भनिनुमा मात्रै जीवन ब्यर्थ भयो’ भन्नुभएको छ । उहाँको यो वचन पनि कसैका लागि योगीको अभिमान लाग्न सक्तछ । तर यो यथार्थ प्रमाणित छ । 

आज योगीजीको सोह्रौँ पुण्य स्मृति दिवसका अवसरमा उहाँको राष्ट्रिय योगदानको चर्चा गरिनु सान्दर्भिक ठहरिने छ । यस अवसरमा उहाँका काव्यधाराहरूको संक्षिप्त चर्चा परिचर्चा गरेर उहाँलाई स्मरण गर्ने प्रयास गर्दछु । उहाँका काव्य वा प्रायः सबै लेख रचनाहरूमा राष्ट्र र राष्ट्रियता प्रशस्तै झाँगिएको देख्न पाइन्छ । कागजका खेस्रा अनि चिर्कटोभित्र उनिएका उहाँका शब्दवाणीहरूलाई राष्ट्र र राष्ट्रियताको सुर अनि सङ्गीतले अत्यन्त कर्णप्रिय तुल्याएका छन् । मेला पाखा र घाँस दाउरा गर्ने प्रत्येक नेपालीहरूले सुसेल्न अनि वनजड्डल घन्काउन सक्छन् । योगी नरहरिनाथको साहित्यमा पारसमणिसरह व्यक्तित्व एवम् गुणलाई रूपान्तरण गर्नसक्ने अदभूत क्षमता थियो भनियो भने बहिर्मुखी बनिसकेको हाम्रो चेतनाले सहजै स्वीकार्ने छैन । तर यो सत्य हो । योगीजीको कलमले कोरेको र हालसम्म अप्रकाशित रहेको एउटा देउडाको टुक्रालाई प्रस्तुत गरिसकेपछि मात्र अन्य उदाहरणका सन्दर्भमा चर्चा गर्नु उपयुक्त हुने छ । गोर्खा राज्य जुम्ला जिल्ला सान्निदरा गाउँ । लालू मेरो जन्मभूमि नरहरि नाउँ ।। पश्चिम नेपाल वा कर्णालीप्रदेशमा लोकप्रिय रहेको स्थानीय देउडा भाकामा घन्काउन मिल्ने गरी योगीजीले आफ्नो परिचयलाई पस्किनुभएको छ । यस टुक्रालाई केलाउने, परीक्षण अनि विश्लेषण गर्ने जिम्मा आदरणीय विज्ञ पाठकहरूकै काँधमा छोडेर यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय सन्दर्भतिर डोरिने अनुमती चाहन्छु ।

योगी नरहरिनाथः आश्रम, मृगस्थलीमा रहेका सामग्रीहरू संरक्षण गर्ने क्रममा मैले फेला पारेजति योगीजीका कृति एवम् लिखतहरूमा राष्ट्र झलमलाएको अनुभव गर्ने अवसर प्राप्त गरेको हुनाले म योगी नरहरिनाथलाई राष्ट्रको प्रतीकको रूपमा मान्दछु, योगीजी भनेको राष्ट्र हो भन्ने मान्यतामा विश्वास गर्दछु, यो मेरो ब्यक्तिगत कुरा हुन सक्दछ । सबैलाई त्यस्तो लाग्नैपर्छ भन्ने छैन । विश्वविद्यालयसरह ख्याति आर्जन गरिसकेका विद्वत्पुरुषको योगदानहरूलाई दलीय भागवण्डाको आधारमा विद्वताको पगरी भिराइएका महिमामण्डितहरूको पहुँचभन्दा निक्कै टाढा सुदूर गन्तव्यमा चुलिएको योगीजीका सत्कर्महरूको थुप्रोबीच उभिएर लेखाजोखा गर्न म किञ्चित असमर्थ छु । आशाको दियो निभिसकेको छैन, भविष्यले सक्षम पुस्ता अवश्य नै निर्माण गर्नेछ र त्यही पुस्ताले खोज्दै पहिल्याउँदै जाने नै छ भन्ने आशा गर्न सकिन्छ । तर आजको सन्दर्भमा म फिस्टोलाई योगी नरहरिनाथ राष्ट्रको प्रतीक किन लाग्यो त भन्ने विषय सन्दर्भमा यो छोटो आलेखमा सम्भव भएजति योगीजीका केही प्रकाशित अप्रकाशित काव्यांशहरू प्रस्तुत गर्न चाहन्छु । उदाहरणको लागि ‘हिमालमा प्रकाश भो, निशा गयो उषा भयो । हिमाल माल एक भो, विशाल भूमि देखियो ।। सुनौलो घाम झुल्कियो, फुले कमल उडे भँवर । बज्यो विकुल उठे हिँडे, उठौँ उठौँ हिडौँ हिडौँ ।।, स्वदेशको स्ववेषको स्वजातिको स्वधर्मको । स्वकर्मको स्वमर्मको स्वकीय जन्म भूमिको ।। बढाउँ मान वीर हौँ बढाउँ शान धीर हौँ । बनाउँ ढाल छातिको यही छ धर्म जातिको ।।, नृप प्रजा मिलीजुली विशाल गोरखा भयो । प्रचण्ड गोरखालीको ध्वजा विराजमान यो ।। विशाल भावना भरौँ विलास शास्त्रमा गरौँ । विनास विघ्नको गरौँ विकास देशको गरौँ ।।’ अप्रकाशित रहेको प्रस्तुत काव्यांशमा उनिएका प्रत्येक शब्दहरूले राष्ट्रियताको भावद्वारा सिड्डारिएको मन मश्तिष्कमा खाँदी खाँदी वीररस भरिदिएको छ । एउटा अर्को उदाहरण यो भूमि आमा हिउँचुली दुध, दुधका छहरा । पिएर हामी काखमा खेली बसेका पहरा ।। यसैमा जन्म्यौँ यसैमा हुक्र्यौँ यसैमा विलाउँ । फुटेका भाई जुटेर सबै छुटेका मिलाउँ ।। मा योगीजीको शसक्त लेखनीले प्रत्येक राष्ट्रवादी चिन्तन् बोकेका नेपालीहरूको मनमश्तिष्कलाई बेस्सरी झक्झक्याउन सफल भएको छ । त्यसैगरी एउटा अर्को रचना स्वर्गै देखि गरीयसी छ जननी यो जन्मभूमि भनी, हाम्रो शान निशान ली समरमा सर्वत्र जेता बनी । पाए वीरगती ति वीरहरूले वीरा∙नाले पनि, गोर्खाली इतिहासमा अमर छन् सत्कीर्तिका ती धनी ।। मा स्वर्गसमान रहेको नेपालको भूमिलाई अखण्ड राखीराख्नका निमित्त इतिहासको विभिन्न कालखण्डहरूमा रणकौशल नेपाली वीर योद्धाहरूको योगदानलाई स्मरण गर्न प्रेरित गर्नुभएको देखिन्छ । त्यस्तै एउटा अर्को काव्यांशमा गोर्खा–राज्य भयो प्रसिद्व जगमा गोरक्षले कालिले, गोर्खालीहरूले स्वधर्मबलले राष्ट्रिय एकत्वले । गोर्खा जाति जगत्भरी छरि बस्यौँ जातीयताले सबै । एकै भै मिलि मातृभूमि–महिमा राखौँ न फाटौँ कवै । मा भगवान् गोरक्षनाथ, माता गोरक्षकालीको आशिर्वाद एवम् गोरखालीहरूको पुरुषार्थद्वारा एकताको बलियो सूत्रमा गाँसिएको समाज एक आपसमा फुट्दा राष्ट्रिय एकता कमजोर भई राष्ट्र विखण्डनको बाटोमा जानसक्छ भन्ने उपदेशमूलक सन्देश दिने प्रयास गर्नुभएको छ । यसैगरी एउटा अर्को कवितांश स्वदेश देखेर विदेश देखौँ, स्वदेश लेखेर विदेश लेखौँ, स्वदेश जानेर विदेश जानौँ, स्वदेश मानेर विदेश मानौँ मा स्वदेशको वास्तविक परिचयबिना विदेशको मोहमा लालायीत भावनाले राष्ट्रकल्याण सम्भव हुन नसक्ने तथ्यलाई शशक्त ढड्डले कवितामा उतार्नु भएको छ । त्यसैगरी राखेको हाम्रो राष्ट्रिय ध्वजा हातमा अटल । हे कर्मवीर ¤ खोलेर हेर हृदय पटल ।। डेड्कोटि बन्धु मिलेर बसौंँ यसैको छायामा ।। धमिलो पना आउन नदिऊँ राष्ट्रिय मायामा । मा सम्पूर्ण नेपालीहरू राष्ट्रिय झण्डाकै छायामुनि एकतावद्ध भई बसौँ, सबैको साझा राष्ट्रियतामाथि कुनैपनि प्रकारको मलिनता आउन नदिऊँ भन्ने भावलाई आफ्नो कवित्वको प्रभावद्वारा योगीजीले हामी सबैलाई सजग तुल्याउने प्रयास गर्नुभएको देखिन्छ । एउटा अर्को शिल्प र कला साहित्य शैली आचार विचार । विविध पर्व उत्सव मेला आहार विहार ।। नाच र गान बाजा र गाजा रहन सहन । रीति र थिति नीति र धर्म छ अति गहन ।। र वखू दोचा लायी सुरु फुरु मिलायी वहकरी, उखू सातू खायी प्रतनु पट लायी कृषि गरी । कछाड् भोटो टोपी खुकुरि पटुका कम्मर कसी, हिमाले वा माले निवसतु जनो राष्ट्रियतया ।। मा मेचीदेखि कालीसम्म र हिमालदेखि तराईसम्म फैलिएर रहेको राष्ट्रका सबै जातजातिहरूका बीचको रहनसहन, पहिरन, चाडपर्व, संस्कृति, परम्परा र सभ्यताको समग्र रूप नै नेपालको वास्तविक पहिचान हो भन्ने यथार्थतालाई योगीजीले आप्mनो काव्य विशिष्ठताको माध्यमद्वारा सबैलाई बुझाउने प्रयास गर्नुभएको देखिन्छ । अर्को एउटा उदाहरण आयो यो कलिको कराल भुमरी छोपेर चारैतिर । आँखा बन्द भये कला कृति गये मन्मा छ साह्रै पिर ।। फालौँ जाल पराइका हित चिनौँ मैत्री जगत्मा गरी । आफ्नै  संस्कृतिमा डटौँ मिलि उठौँ आयो परीक्षा घरी ।। मा वाह्य प्रभावका कारण हामी नेपाली नेपालीबीच एकआपसमा वैमनस्यता बढ्न गएमा हाम्रो आफ्नै  स्वतन्त्र पहिचान समाप्त हुनसक्ने भएकोले यथासक्य चाँडो वाह्य प्रभावबाट मुक्त भई आप्mनै संस्कृतिमा डट्नका निमित्त सबैलाई प्रेरित गर्नुभएको पाइन्छ । 

उहाँको कलम जत्तिको नेपाली भाषामा तिखारियो त्यत्तिकै हिन्दि र संस्कृत भाषामा पनि तिखारिएको छ । संस्कृतमा लेखिएको एउटा कवितांश यो विष्णोर्नवमावतार–विदितो बुद्धः प्रबुद्धो भुवि, नेपाले किल लुम्बिनी–वन–तटे श्रीशाक्यवंशे वशी । जातो गौतम–गोत्र इत्थमखिला जानन्ति भूमण्डले, बौद्धा हिन्दु–जनाः पृथक् कथमिमे रु नो चेत् समे हिन्दवः ।। मा योगी नरहरिनाथले शाक्यवंशीय सिद्धार्थ गौतम बुद्ध लुम्बिनीमै जन्म भएको र उहाँकै कारण विश्वमा बौद्धधर्मको विकास भएको, हिन्दूत्व र बुद्धत्वका बीच कुनै भेद नरहेको कुरालाई निर्भिकताका साथ अन्तर्राष्ट्रिय मञ्चमै उठाउनु भएको देखिन्छ । त्यति मात्र कहाँ हो र रु काव्य श्रृजनाको लहरमा हेलिँदा योगीजीको कलमको वेगले भाषाविज्ञानका सबै सिमाहरू गल्र्यामगुर्लुम ढल्न पुगेका छन् । उहाँका लेखनीले भाषा साहित्यको सबै सिमानाहरूलाई ढाल्दै अघि बढेको देखिन्छ । उदाहरणका लागि हिमालः कैलासो मलय र महाभारत चुरे, महेन्द्रः सह्याद्रिः सकल कुलशैलाùर्बुदहरू, गिरिर्नीलो विन्ध्याचल–सहित कोलाचल पनि, सशाखास्ते चान्ये मम तदनुसन्धान–विषयः ।। ऐतिहासिक शिखरिणी यात्रा, पृष्ठ १२५ मा प्रकाशित यो पङ्क्ति पढेपछि सर्वसाधारण पाठकहरूमा यो पङ्क्ति विशुद्ध संस्कृत भाषामा लेखियो कि नेपाली भाषामा लेखियो भन्ने अलमल हुन सक्दछ । वा योगी नरहरिनाथजस्ता प्रकाण्ड भाषाशास्त्रीलाई संस्कृत वैयाकरणको ज्ञान नभएकै हो कि भन्ने अर्थ लाग्न, लगाइन सक्ला । तर त्यसो नभएर यस पङ्क्तिमा प्रयोग भएका शब्दावलीहरूले कवितांशको भावमा कत्ति पनि उँचनीच नपारेको छर्लङ्गै बुभ्mन सकिन्छ । त्यसैले योगीको कलम र उहाँको लेखनीमा भाषाविज्ञानको सैद्धान्तिक मान्यतालाई मज्जाले दहि मथेजस्तै मथ्नसक्ने क्षमता रहेको थियो भनेर मान्नैपर्ने हुन्छ । योगीजीका साहित्यिक गद्य वा पद्य रचनाहरूमा यसप्रकारका थुप्रै उदाहरण पाउन सकिन्छ । गुठी संस्थानले १३ वर्षसम्म ताल्चा लगाएर बन्द गरिदिएकाले कति सामग्री नोक्सान भए त्यसको जानकारी त हुन सक्दैन । तर बाँकी रहेका अन्य विषयहरूमा आगामी लेखहरूमा चर्चा गर्दै जाने प्रयास गर्नेछु ।

अस्तु ¤

विश्व के.सी. (पोखरेल)

महासचिव

श्रीबृहद् आध्यात्मिक परिषद् ।