एजेन्सी - ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि वार्ता नगर्ने चेतावनी युरोपेली संघ (ईयू) का नेताहरूले दिएका छन्।

मिडिया रिपोर्टका अनुसार जर्मन चान्सलर एंगेला मर्केलले सम्झौताको दस्तावेज टेबलमा गइसकेकोलेु पुनः वार्ता गर्ने प्रश्न नै उठ्ने छैन।

त्यस्तै फ्रान्सका प्रधानमन्त्रीले ब्रिटेनमा देखिएको अनिश्चितताकाबारे आफ्नो प्रतिक्रिया दिएका छन । उनले सम्झौता नहुने कुराका लागि तयार रहनुपर्ने औंल्याएका छन्।

नोभेम्बर २५ मा ब्रेक्जिट सम्झौताको मस्यौदालाई अनुमोदन गर्ने योजनाबीच ईयूले त्यसअघि थुप्रै बैठकहरू गर्दैछ।