काठमाडौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् ।

आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस पार्टी फुटाउको आरोप लगाएका छन् ।

उनले भनेका छन्,‘ शेरबहादुरजीले कार्यकर्ताहरुकै विश्वास जित्नुभएको हो । यद्यपि उहाँले काँग्रेस फुटाएकै हो । प्रजातन्त्र राजालाई बुझाएकै हो ।’ उनले देउवाले पार्टीलाई एक ढिक्का गर्न नसकेको भन्दै अब कोइराला परिवारले पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या बढाउने प्रस्तावप्रति पनि उनले विरोध गरेका छन् ।

कान्तिपुरबाट