काठमाडौं - नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै रकम लगानीका लागि क,ख र ग वर्गका बैंकहरुबाट आवेदन आह्वान गरेको छ ।

बैंकले उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई के कति ब्याजदरमा कति रकम लिने हो उल्लेख गरि आवेदन दिन आग्रह गरेको छ । बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी भदौ २३ गतेभित्र बुझाउन पर्नेछ ।

बैंकले वाणिज्य बैंकमा एक अर्ब २० करोड, विकास बैंकमा २२ करोड ५० लाख र वित्त कम्पनीमा सात करोड ५० लाख रुपैयाँ मुद्दति खातामा लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७८ असार २० गतेसम्म अर्थात् २९१ दिनका लागि मुद्दति खातामा लगानी गर्न लागेको जनाएको छ ।