काठमाडौं, एजेन्सी - कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो ।

खराब सुरुवातका बाबजुद कोलकाताले १४३ रनको लक्ष्य १८ ओभर खेल्दै तीन विकेटको क्षतिसहित विजयी भएको हो ।

कोलकाताका ओपनर शुन्य रनमा आउट भए भने नितिस रानाले १३ बलमा २६ रनको पारी खेले ।

राना टि नाटराजनको बलमा आउट भए भने कप्तान दिनेश कार्तिक पनि बिना रन रशिद खानको बलमा एलबीडब्लुको शिकार भए ।६२ बलको सामना गरेका आपनर सुभम गिलले अविजित रहँदै ७० रन बनाए । त्यस्तै ओईन मोर्गनले पनि २९ बलमा ४२ रनको पारी खेले ।

उनीहरुले चौथो विकेटका लागि अविजित ९२ रनको साझेदारी गरे । यसअघि शेख जायद रंगशाला, अबुधबीमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पूरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनमा समेटिएको थियो ।

हैदराबादको तर्फबाट ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरेका मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए ।