काठमाडौं - यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् भन्दा पत्याउन गाह्रो पर्ला, तर यो कुरा सत्य हो की अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् ।

अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि उनले झण्डै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरेका छन् ।हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

स्वाजिल्याण्डमा कैयन अनौठा परम्परा अद्यपि चलिरहेका छन् । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी ग्रिन्छ र नआउनेलाई कठोर सजाय दिइन्छ ।हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोल्स रोएस तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरे ।

अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् । तर अहिले पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् ।

स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग झण्डै ३० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ ।