काठमाडौं - वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

२००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारी पछिल्लो समयसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन्। उनका १ छोरा र १ छोरी छन्। उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।