काठमाडौं,एजेन्सी - कारबाओ कपको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसंग लण्डन क्लब चेल्सी पराजित भएको छ ।

गएराति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो । टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर स्टेडियममा भएको भएको खेलमा चेल्सी पेनाल्टीमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल १–१ को बरारबीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

चेल्सीका मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितसंगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।

पेनाल्टीमा टोटनहमका ह्यारी केन, लुकास मोउरा, पिएरे एमिले, एरिक लामेला र एरिक डिएरले गोल गरे । चेल्सीका लागि भने एमेर्सन पालमेएरी, जोगिन्हो, अज्पिलिकुएटा र टमी अब्राहमले गोल गर्दा मासन माउन्ट गोल गर्नबाट चुकेका थिए ।

खेलमा १९ औं मिनेटमा टिमो वार्नरको गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेल सकिन ७ मिनेट अघि इरिक लामेलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए ।