काठमाडौं - नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै उत्कृष्ट भएको अर्थमन्त्री डा।युवराज खतिवडाले बताएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । मुलुकको बैंकिङ प्रणाली राम्रो भएकाले विदेशीदाताले समेत ऋण दिन तयार रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

बैंकिङ प्रणालीमा सुधार हुँदै गएकोले हाल बैंकमा औसल १ प्रतिशत मात्रै निस्क्रिया कर्जा रहेको र अन्य सुचकहरु समेत सकारात्मक रहेको समेत मन्त्री खतिवडाले बताएका छन्  । ‘अब कुनै पनि संकट आए दोडेर बैंकमा पैसा झिक्न जानुपर्दैन, साना निक्षेपकर्ताको ३ लाखसम्मको रकमको बिमा छ, त्यो निक्षेप डुब्ने अवस्थामा छैन, बैंकिङ व्यवस्थामा सुधार आएको छ, निस्क्रियकर्जा  घटिरहेको छ’, उनले भने ।