काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असार २९ गते, सोमबार सो सभा डाकेको हो।

सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो बोनस सेयरको कर प्रयोजनार्थ १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गतेका दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सो कम्पनीको बोनस वितरण पश्चात २ अर्ब २५ करोड रुपैयाँ पूँजी पुग्नेछ।