जर्मनीले अग्रता जोगाउन नसक्दा अर्जेन्टिनासित बराबरी
खबर एक्सप्रेस
२०७६-०६-२३ ११:०० मा प्रकाशित
Total Shares: 553
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेका छन् ।
बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो ।
पहिलो हाफमा सर्गे नाब्री र काइ हाभर्जले एकरएक गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाएका थिए । नाब्रीले खेलको १५औं र हाभर्जले २२औं मिनेटमा गोल गरेका थिए ।
तर, दोस्रो हाफमा अर्जेन्टिनाका लुकास अलारियो र लुकास ओकाम्पोसले एकरएक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । अलारियोले ६६औं र ओकाम्पोसले ८५औं मिनेटमा गोल फर्काए ।
मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अजरबैजानले बहराइनलाई ३–२ ले हराएको छ ।
फेसबुक पेज Like गर्नुहोस