काठमाडाै‌ - क्रिश्चियानो रोनाल्डोको पेनाल्टीले कोपा ईटालियामा युभेन्ट्सको हार टरेको छ । बिहीवार राति भएको सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स हारबाट जागिएको हो ।

युभेन्ट्स र एसी मिलानले १–१ को बराबरी खेले । दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।

एन्टी रबिकले ६१औं मिनेटमा गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाए । थिएगो हर्नाल्डेज ७१औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सिमित भयो ।

हारको नजिक पुगेको युभेन्ट्सलाई रोनाल्डोले जोगाए । दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै उनले टोलीलाई खेलमा फर्काए । गएको हप्ता मात्र ३५ वर्ष पुगेको रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोली र क्लबका लागि ३५ खेलमा ३५ गोल गरेका छन् ।