काठमाडौं - फ्रान्स र जर्मनीले पनि आफ्ना नागरिक नेपालबाट फिर्ता लाने भएको छ । कतार एयरलाइन्सको चार्टर्ड विमानमार्फत उनीहरुलाई आज आफ्नो देश लैजान लागिएको हो ।

फ्रान्सका नागरिक लिएर जाने विमानमा अन्य युरोपियन देशका नागरिक पनि हुनेछन् । विमान दोहा हुँदै पेरिस जाने बताइएको छ । यसैगरि जर्मनी जाने विमानमा पनि अन्य युरोपियन देशका नागरिक हुनेछन् ।

दुवै विमानमा गरी विभिन्न मुलुकका ३ सय ३ यात्रु रहनेछन् । यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक लगिसकेको छ ।

अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन् । अमेरिकाले पनि नेपालबाट आफ्ना नागरिक भोलि फिर्ता लैजाँदै छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा जारी लकडाउनका कारण विभिन्न देशले नेपालबाट आफ्ना नागरिक लगिरहेका छन् । नेपालले भने भारतबाट मजदुरी गरी स्वदेश फर्किएका आफ्ना नागरिकलाई स्वदेश फर्किन रोक लगाएर सीमामा अलपत्र पारेको छ ।