काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४—० ले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान सुजल श्रेष्ठले २ गोल गरे । उनले खेलको पाँचौँ र ५०औं मिनेटमा गोल गरेका थिए ।

अभिषेक रिजालले खेलको ६५ औं मिेटमा तेस्रो गोल गरे । त्यसैगरि मिक्चेन तामाङले ७५ मिनेटमा नेपालका लागि चैथो गोल गरेका थिए । नेपाल पहिलो जितसँगै सागको पुरुष फुटबलमा पहिलो स्थानमा रहेको छ ।