काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । आइतबार राति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनमाथि ३–२ गोलको जित दर्ता गरेको हो ।

जितसँगै एभर्टनले तालिकामा ७ अंक बनाएको छ । एभर्टनको जितमा रिचार्लसनले २ तथा एलेक्स इओवीले एक गोल गरेका थिए । यस्तै, उल्भरह्याम्पटनका लागि रोमेन सइस र राहुल गिमिनेज रोड्रिगेजले एक एक गोल फर्काएका थिए । 

पाँचौ मिनेटमा एर्भटनका लागि रिचार्लसनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको ४ मिनेट पछि नै उल्भरह्याम्पटनले बराबरी गोल गरेको थियो । नवौं मिनेटमा रोमेन सइसले बराबरी गोल गरेका हुन् ।

तर १२ औं मिनेटमा एर्भटनका लागि एलेक्स इओबीले गोल गर्दै २–१ को अवस्थामा पुर्‍याए । पहिलो हाफमा २–१ को अग्रता बनाएको एर्भटनले ७५ औं मिनेटमा गिमिनेजले गोल गर्दै उल्भरलाई खेलमा फर्काएका थिए । ८० औं मिनेटमा रिचार्लसनले गोल गर्दै एर्भटनलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका थिए ।