काठमाडौं - एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । 

यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक-५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । 

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । 

यस बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।