खड्गबहादुर श्रेष्ठ

शाखा अधिकृत,गृह मन्त्रालय

विश्वकै ठुलो टाउको दुखाईको बिषय रहेको लागू पदार्थ दुरुपयोगको समस्याले घर, स्कूल कलेज मठ मन्दिर हरेक ठाउँमा कुनै न कुनै रुपमा  प्रभाव पारेको पाइन्छ । लागू पदार्थ दूव्र्यसनमा युवाहरु वा दक्ष जनशक्ति फस्नु भनेको अपराधिकरणतिर उन्मुख हुँदै बर्बादीमा पुग्नुका साथै राष्ट्रको लागि अपुरणीय क्षति हुनु हो ।

परम्परादेखि नै विशेष उत्सव÷पर्वहरू (शिवरात्री, होली) मा प्रयोग हुने गाँजा, भाङ्ग तथा अफिम जोगी सन्यासीहरूले शिवबुटीको रूपमा सेवन गर्दथे । लागू पदार्थहरूमा परम्परागत रूपमा प्रयोग हुने सूर्ति, चुरोट, रक्सीदेखि पछिका वर्षहरूमा गाँजा, चरेस, अफिम हुँदै रसायनयुक्त पदार्थहरू तथा औषधी जन्य पदार्थहरू समेत पर्दछन् । सूर्तिजन्य पदार्थहरू र रक्सीहरूलाई अवैध मानिदैन । यी वस्तुको उत्पादन र प्रयोग राज्यका कानून बमोजिम सहज रूपमा गर्न पाइन्छ । यद्यपि यी पदार्थहरूले पनि मानव स्वास्थ्यमा प्रतिकूल असर पार्दछ । दीर्घकालीन नकारात्मक असरहरू पर्दछन् । नेपालमा विभिन्न संस्कृति, धर्म, चाडवाडको नाममा मदिरा निषेध गर्न हँुदैन गरेमा सम्बन्धीत जनजातिहरुले अवरोध गर्छन्,त्यस्ता सँस्कृतिलाई मास्न हुँदैन भनेर एकथरि असम्बन्धित मानिसहरु यसलाई बचाइराख्ने र सदा त्यसमा डुबुल्की मार्न तल्लिन रहेको पाइन्छ ।

यसको लतमा परेपछि मानिसले छुटकारा पाउन प्राय असंभव नै हुने र निषेधित पदार्थ भएकोले प्राप्त गर्न पनि असहज हुने हुँदा अवैध कारोवार समेत हुने गर्छ । जस्ले गर्दा बढी मूल्य तिर्नुपर्ने हुँदा लागू पदार्थ सेवनवाट सामाजिक, आर्थिक, मानसिक तथा स्वास्थ्यसँग सम्बन्धीत समस्याहरू उत्पन्न हुन्छन् । लागू पदार्थको दुरुपयोग बढ्दै गईरहेको कारण हाम्रो देशका कैयौं परिवार क्षत विक्षत बन्दै गईरहेको छ भने राष्ट्रको लागि ठुलो चुनौतिको बिषय समेत बन्दै छ । कसैले लागू औषध दुरुपयोगको समस्यालाई सामान्य रुपमा लिन्छ भने यो उसको ज्ञानको कमी हो भोली ऊ आफै समस्यामा पर्न सक्छ वा कुनै न कुनै रुपमा फसिसकेको हुन सक्छ । 

  नेपालमा २०६३ र २०६९ सालमा गरिएको दुईवटा सर्भेक्षण अनुसार कडाखाले लागू औषध प्रयोग गर्नेहरुको संख्या ६ वर्षको अवधिमा ९८ प्रतिशत भन्दा बढेको देखिन्छ भने बार्षिक ११.३६ प्रतिशतका दरले वृद्धि भएको पाइन्छ । जसअनुसार कडाखाले लागू औषध प्रयोग गर्नेहरुको संख्या ९१,५३५  देखिन्छ ।

सोहि तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने पनि अहिले यो बढेर १,५०,००० भन्दा नाघि सकेको छ। तथ्याङ्कलाई मात्र आधार नमानि यत्र तत्र चिया पसल, खाद्य पसलमा समेत मदिरा सहजै पाइने कुरालाई मध्यनजर राख्ने हो भने यो संख्या ५ लाख भन्दा बढि पुगि सककेको अनुमान गर्न सकिन्छ। २०६९ सालको सर्भेक्षणमा उमेरगत हिसाबले १५ देखि २४ बर्ष सम्मका) कडाखाले लागू औषध प्रयोग गर्नेहरुको संख्या ५३.१ प्रतिशत भन्दा बढेको देखिन्छ । यो हेर्दा निक्कै डर लाग्दो अवस्था हो । हामीले खाली यूवा मात्र लागू औषधमा फसिरहेको कुरा मात्र वकालत गरिराखेर मूल समस्यालाई पहिल्याउने प्रयास कम भएको कुरालाई नकार्न हुदैन ।

उनीहरूको स्वास्थ्य रक्षाका साथै उपचार तथा पुनस्र्थापनाका कार्यक्रमहरू सरकारद्वारा प्रभावकारी रुपमा नल्याएमा यो समस्या अझ भयङ्कर हुन्छ भन्ने कुरा बिगतका अनुभवहरु नै पर्याप्त भैसकेका छन्। अर्धशिक्षित र शिक्षित जनशक्तिको व्यवस्थापन सरकारको लागि चुनौतीपूर्ण हुँदै गईरहेको छ । अन्य दूव्र्यसनको साथै लागू औषधको कुलतमा लागेर आपराधिक कार्य गर्ने काममा युवाहरुको दुरुपयोगको कारण गम्भिर समस्याका रुपमा देखिदै आएको छ ।

लागू औषधको उत्पादन, ओसारपसार, कारोबार तथा प्रयोगमा यो उमेर समुहको संलग्नता डर लाग्दो तवरले बढिरहेको छ । बितेका १२ बर्षका आन्तरिक द्वन्द्वले ल्याएको सामाजिक, राजनीतिक तथा आर्थिक उथलपुथल, तत् पश्चातको लामो संक्रमणकाल र २०७२ सालको विनाशकारी भुकम्प र सीमामा नाकाबन्दीको कारण सृजित आर्थिक तथा सामाजिक असरको कारणले विभिन्न समस्याहरु सृजना हुन पुगेको तथा कोहि अध्ययनको नाममा त कोही रोजगारीको बाध्यतामा अरबको मरुभुमिमा पसिना बेचिरहेको अवस्थामा नेपालमा बाँकी रहेका केही यूवा जमात पनि दैनिक रुपमा लागू औषधको जोखिममा रहेका छन् । लागू औषधको कारोबार तथा उपयोग आपmैमा एक कुलत त हुँदै हो तर अरु कुनै पनि प्रकारका कुलतमा लागेको वा मानसिक तनावमा परेका यूवा पनि लागू औषधको कुलतमा फस्ने संभावना बढिनै रहेको हुन्छ । 

आधुनिकता, शहरीकरण, प्रविधि र सञ्चारको सहजता, संयुतm परिवारको अभाव, कमजोर हुँदै गएको सामाजिक बन्धन, अभिभावकको व्यस्त जीवनशैली,होस्टेल संस्कृति, खानपान र परिवारमा आएको परिवर्तन आदि कारणले गर्दा युवा, अझ विशेष गरी किशोर किशोरीहरु ठुलो जोखिममा रहेका छन् ।

परिवर्तनशिल समय जस्तै सामाजिक एवं सास्ंकृतिक परम्परा जीवनशैली पनि परिवर्तनशील हुन्छ । जैविक, मानसिक तथा शारीरिक विकासको आधारमा पनि किशोर अवस्था संक्रमणकालीन र जोखिमपूर्ण रहेकोले उनीहरुको उचित संगत, रेखदेख र नियन्त्रण एवं पारिवारिक माया, ममता, स्नेहबाट कुनै कारणबश बञ्चित हुन पुगेमा लागू औषध लगायतको दूव्र्यसनमा लाग्ने उच्च जोखिम रहन जान्छ ।

अर्धशिक्षित वा शैक्षिक बेरोजगार भई भौतारिएका, उच्च अध्ययन एवं रोजगारीमा न्यून तलव, सुविधा र कठीन श्रम गरेर पनि सन्तोष जनक प्रगति गर्न नसेको युवाहरु समेत लागू औषध लगायतका दूव्र्यसन, कुलत र आपराधिक कार्यमा लाग्ने संभावना बढी हुन्छ । समाजमा कहाली लाग्दो रुपमा रहेको लागू औषध भनेको के हो त ? लागू पदार्थको परिभाषा वनस्पतीजन्य वा रसायनयुक्त पदार्थहरू जसको सेवनले मानिसको स्नायु प्रणाली मार्फत मष्तिस्कमा असर गर्नुका साथै शरीरलाई लठ्याउने, सिथिल बनाउने, उत्तेजित पार्ने वा बेग्लै प्रकारको उत्तेजना पैदा गरी मानिसलाई क्षणिक आनन्द प्राप्त हुन्छ भनि बुझिन्छ । 

नेपाली शब्द कोषमा  लागू औषधको परिभाषामा लागू पदार्थ भन्नाले मादक पदार्थ (गाँजा, भाङ्ग, चरेस, रक्सी) आदिलाई भनिएको छ। लागू औषध नियन्त्रण ऐन, २०३३ ले गरेको परिभाषा अनुसार लागू औषध भन्नाले,गाँजा, औषधोपयोगी गाँजा, चरेस, अफिम, तैयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्वीपक पदार्थ (एकथअजयतचयउष्अ क्गदकतबलअभ) र तिनको लवण समेत सम्झनु पर्छ ।

१. विभिन्न अध्ययन प्रतिवेदनले आंैल्याएको आधारमा दूव्र्यसनमा लाग्नुका कारणहरुः

 क) सांस्कृतिक : नेपालमा कतिपय समुदायमा जाँड, रक्सीलाई मर्दापर्दा वा धर्म तथा साँस्कृतिको अभिन्न अंगको रुपमा ग्रहण गर्ने गरिन्छ । यसले गर्दा महत्वपूर्ण सँस्कृतिक पर्व विवाह भोज र काजक्रियामा अनिवार्य प्रयोगको चलन भएकोले यसको प्रयोग सहज सर्वव्यापी छ र मान्छे यसको लतमा बिस्तारै फस्दै गएको पाईन्छ । 

ख) पारिवारिक : छोराछोरीलाई दिएको पैसाको सही सदुपयोग गरेका छ वा छैन भन्ने वास्ता नगर्नु, आमाबाबु बीच पारिवारिक सम्बन्ध बिग्रदै जानु, छोराछोरीहरुको समस्यामा ध्यान नदिनु, छोराछोरीहरुकै अगाडि धुम्रपान, मदिरापान जस्ता पदार्थ सेवन गर्नु, छोराछोरीहरुको समस्यामा बेलैमा ध्यान नदिनु जस्ता कुराहरुले लागू औषधको प्रयोगमा फस्न विद्यार्थीहरु पुग्छन् ।

 ग) सँमाजिक : समाजमा राम्रा कुराहरुका साथै नराम्रा कुराहरु पनि प्रर्याप्त रुपमा हुन्छन्, धुम्रपान तथा मध्यपान हाम्रो समाजमा परापूर्वकाल देखि चलिआएको विकृति नै हुन । हिजो आज युवाहरु आधुनिकताको नाममा डिस्को, नाइटक्लव, रेष्टुराँ आदिमा गएर हिरो बन्ने मानसिकतामा लागू औषधको प्रयोग गर्न गइरहेका छन् । साथै समाजले पनि उमेरमा धुम्रपान, मध्यपान गर्नु स्वभाविक मान्नु पनि समस्याको कारण हो । 

घ) साथी÷दौतरी : भरखरका युवाहरु आफ्ना साथीहरुको वचनलाई हार्न सक्दैनन् र साथीको गलत दवावका कारण तथा विश्वासका कारण लागू औषध दुरुपयोग गर्न पुग्छन । विभिन्न सर्वेक्षणले पनि लागू औषधको कुलतमा फस्ने मुख्य कारण साथी संगतिको माध्ययम हो भनेर प्रष्ट पारेको छ । 

ङ) जिज्ञासु स्वभाव : लागू औषध प्रयोग गर्नेहरु विशेष गरी किशोर अवस्थाका हुने हुँदा उनीहरुमा जिज्ञासाको कारण कसैले लागू औषध प्रयोग गरेको देख्दा नबुझिकनै त्यसको नक्कल गरी लागू औषधको कुलतमा फस्न पुग्छन् । त्यसको लागि नेपालमा भोज भत्तेर, विवाहको पार्टी जस्ता सार्वजनिक समारोहमा बालकालिकाहरुको अगाडि नै मदिरा जन्य पदार्थको प्रयोग गरेको देखेर नक्कल गर्दा गर्दै अम्मली बन्न पुग्छन् । 

च) निरासा र असफलता : प्राय मानिसहरु आफुले काम गर्दा असफल हुनु, परीक्षामा असफल हुनु, सोचे जस्तो नपुग्नु, घर परिवारबाट असहयोग हुनु ,समय अनुसार चल्न नसक्नुका कारण लागू औषध प्रयोगमा पुग्छन्।खासगरि निरासाको पहिचान गरी उचित परामर्शको अभावको कारण पनि लागू औषध सेबन गर्न पुगेका हुन्छन् । 

छ) लागू औषधको प्राप्तिमा सहजता : नेपालको जुनसुकै स्थानमा पनि सामान्य ज्वरोको सिटामोल सहजै प्राप्त गर्न गाह्रो भएता पनि मदिरा तथा धुम्रपानको खुला वैधानिक रुपमै विक्री वितरण हुनु, औषधी पसलबाट पनि प्रयोगकर्ताले लागू औषध सहजै किन्न पाउनु जस्ता कारणले लागू औषध प्रयोगकर्ता बढिरहेका छन् । 

२. लागू औषधको कूलतमा पर्दा देखिने लक्षणहरु :

क) शारीरिक : लागू औषध प्रयोगकर्ताहरुको शरीर कमजोर हँुदै जानु, हाई हाई गर्नु, निन्द्रा नलाग्नु, रातो आँखा हुनु, अाँशु आईरहनु बोली लर्बरिनु शरीरमा काटिएको खत, सुईको डोब, आँखा मुनि कालो कालो दाग देखिने, निलडाम जस्ता चोट पटक देखिन्छन् । सफासुग्घरमा ध्यान नदिई फोहोरी बन्दै गएको पाइन्छ । लागू औषध प्रयोगकर्ताको शारीरिक अवस्था फोहरी देखिदै गएको हुन्छ । 

ख) मानसिक : मानिसको निरन्तरको स्वभाव र बोल्ने शैलीमा परिवर्तन हुनु, बिनाकारण झगडा गर्नु, एक्लोपन रुचाउनु, तुरुन्तै आवेगमा आउनु तथा अचानक निर्णय बदल्नु जस्ता व्यवहार देखिन्छन । राम्रो सल्लाह सुझाब सुन्नै चाहदैनन्। राम्रा साथी भाइसँग र परिवारका सदस्यहरुसँग सकेसम्म टाढा हँुदै जान्छन् । गोप्य रुपमा मोबाइल तथा सामाजिक सञ्जालमा व्यस्त भएको पाइन्छ ।

 ग) आर्थिक : घरमा अप्रत्यासीत रुपमा पैसा तथा बहुमूल्य सामानहरु हराउँदै जान्छन् र लागू पदार्थ जुटाउन चोरी तथा लुटपाट जस्ता आपराधिक घटना पनि घट्न सक्छ । केटाकेटीहरुलाई दिएको पैसाको खर्चको विवरण दिन मान्दैनन् ।

 घ) दूव्र्यसन सम्बन्धी सामग्रीहरु भेटिनु : लागू औषध प्रयोग गर्नेहरुको साथबाट चुरोट, ट्याब्लेट, सुर्तिको धुलो, झिलझिले कागज, सिरिन्ज, ब्लेड, सलाई, लाईटर, मसिनो पाइप, बेरिएको नोट, औषधीका सिसिहरु, खैरो÷सेतो धुलोहरु आदि झोला, खल्तिमा वा कोठामा भेटिन्छ । माथि उल्लेख गरे अनुसार समस्या दिनह बढ्दो समस्यालाई घटाउन सबै पक्षले आफ्नो  आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु पर्छ । जसअनुसार, 

 १.अभिभावकको भुमिकाः

 आफ्नो बालबालिकालाई उचित पारिवारिक स्नेह र सद्भावको व्यवहार गर्ने। कुनै पनि कुरा खुलस्त गर्न सक्ने वातावरण मिलाउने। छोरा छोरीलाई साथी जस्तो व्यवहार गर्दै जीवन उपयोगी शिक्षा र व्यवहारिक बनाउन कोसिस गर्ने। उनीहरुको रुचि, इच्छा र चाहनालाई ध्यानमा राखेर काम गर्नु। सबै भन्दा महत्वपूर्ण कुरा अभिभावकले पनि आफ्नो गल्ती स्वीकार गर्दै खराब पक्षलाई सुधार गर्ने । बालबालिकालाई दिएको पैसाको खर्चको विवरण राम्रोसंग राख्ने ।

बेलाबेलामा लागू औषधको दुरुपयोग र त्यस्ले गर्ने क्षति बारे जानकारी गराउने । अभिभावकहरुले लागू औषधको गलत प्रयोग गर्नु हुँदैन भएमा त्यसको असर बालबालिकामा पर्न सक्छ । लागू औषधका बारेमा आफू जानकार रहनुका साथै घरपरिवारलाई समेत जानकारी गराउनु पर्छ ।

शिक्षकको भूमिका : समाजका आदर्श मानिएका शिक्षक प्रति विद्यार्थी पूर्ण रुपमा विश्वास रहने हँुदा शिक्षक चरित्रवान, आदर्शवान हुनुपर्छ । उक्त कामको लागि शिक्षकहरुले निर्वाह गर्नु पर्ने भूमिका आफू नमुना पात्र बन्दै विद्यार्थीहरुको समस्या पहिचान गरी समस्या समाधानमा सहयोग गर्नु पर्छ ।

लागू पदार्थको प्रयोग, दूव्र्यसन, ज्क्ष्ख्, ब्क्ष्म्क् र हेपाटाइटीस् बीचको सम्बन्धको जानकारी गराउनु पर्छ । लागू औषध दुरुपयोग गर्दा हुने कानूनी सजायको बारेमा अवगत गराउँदै सचेत बनाउने । आत्मविश्वासको विकास गराइदिनुका साथै असल र खराब कामको बारे जानकारी गराउँदै उनीहरुलाई सृजनात्मक काम प्रति प्रेरित गर्नु पर्छ । 

२.विद्यार्थीको भूमिका : २०६९ सालमा गरिएको दुईवटा सर्भेक्षण अनुसार कडाखाले लागू औषध प्रयोग गर्नेहरुमा सबैभन्दा बढी संख्या युवाहरुको पाइएको छ । उक्त सर्भेक्षणमा कडाखाले लागू औषध प्रयोग गर्नेहरुको संख्या ५३.१ प्रतिशत भन्दा बढी १५ बर्ष देखि २४ बर्षसम्मका देखिन्छ । यो हेर्दा निक्कै डर लाग्दो अवस्था हो । राष्ट्रका कर्णधार विद्यार्थीहरुले पनि निभाउनु पर्ने भूमिका ः  चिकित्सकको सिफारिस बिना औषधी सेवन नगर्ने र परिवारका सदस्यलाई पनि सेवन नगर्न सल्लाह दिनुका अलवा औषधी प्रयोग गर्दा तोकिएको मात्रा र समयलाई ध्यान दिनुपर्छ । परिवारका सदस्यहरुलाई मादक पदार्थ सेवनबाट टाढा रहन सल्लाह दिने दिनुपर्छ । नचिनेका व्यक्तिहरुले दिएको कुरा सेवन नगर्नुृका साथै अनावश्यक विषयमा कौतुहलता राख्नु हँुदैन । आफ्नो समस्या खुलेर शिक्षक वा अभिभावक समक्ष राख्नपर्छ । लागू औषध दुरुपयोग भएको थाहा पाएमा प्रहरीमा खबर गर्नुपर्छ ।

३. नागरिक समाज तथा जन प्रतिनिधिको भूमिका : सबै नागरिकहरु तथा जनप्रतिनिधीहरुको समाज प्रति केही न केही उत्तरदायित्व हुन्छ । त्यसलाई परेको बेला सहि रुपमा सदुपयोग गर्नु समाज देश अनि ऊ स्वयमंको लागी हितकर हुनेछ । प्रत्येक स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्ना टोल छिमेकका नागरिकहरुलाई खराब कामबाट जोगाउँदै असल कर्मतिर उन्मुख गराउनु पर्ने दायित्य प्रति सचेत हुनु पर्छ । आफ्ना क्षेत्रभित्र रहेका लागू औषधको कालोधन्दा गर्नेहरुलाई कानूनको कठघरामा उभ्याउँदै जनतालाई जोगाउने कुरामा चनाखो हुनुपर्छ । टोल छिमेकलाई कसरी लागू औषधको दूव्र्यसनबाट जोगाउन सकिन्छ भनी सचेत हुनु पर्छ । कोही दूव्र्यसनमा लागेको पाइएमा सुधारको लागि अभिभावकलाई सहयोग गर्नुपर्छ ।

लागू औषधको दूरुपयोग बारे थाहा पाउना साथ सुरक्षा निकायमा खबर गरी दिनु पर्छ। अझै महत्वपूर्ण कुरा त नागरिक समाज र जनप्रतिनिधीहरुले समाजको लागि उदारणीय व्यक्तित्व बन्दै लागू औषधको कुलतबाट टाढा बस्दै समाजलाई जोगाउनु पर्छ । तसर्थ यो देशकै लागि घातक रुपमा फैलँदै गइरहेको दूव्र्यसनलाई माथि उल्लेख गरे अनुसार सबैले आफ्रनो आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नु नै आजको महत्वपूर्ण सवाल हो ।

दूव्र्यसनमा लागीसकेका मानिसहरु तथा जोखिममा युवाहरुको पहिचान तथा व्यवस्थापन गर्न सकिएमा व्यक्ति, परिवार, समाज र मुलुकको लागि हितकारी मात्र नभई पुर्नस्थापनामा खर्च हुने ठुलो समय, श्रम, सीप र श्रोत साधनको वचत हुने कुरामा शंका छैन । यसको लागि परिवार, समाज तथा मुलुकको नीति निर्माण तह पूर्ण सचेत र जागरुक भई सोही अनुसारको जिम्मेवारी वहन गर्न तम्तयार हुन जरुरी छ । 

सन्दर्भ सामग्रीहरु :

 सर्वेक्षण प्रतिवेदन २०६९, केन्द्रीय तथ्याङ्क विभाग

 सुरक्षित जीवन विभिन्न अंकहरु, गृह मन्त्रालय, लागू औषध नियन्त्रण इकाई ।