‍सुनसरी - सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।

महिला अनुयायी बलात्कार गरेको आरोप लागेका गिरीलाई  न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि  उनी छुटेका हुन् ।

उनी गत मंसिर १६ गते पक्राउ परेका  थिए ।  उनले आफूमाथि लागेको आरोप झुट भएको भन्दै आएका छन् ।