काठमाडौं - फिल्म ‘केजीएफ २’को टिजर रिलिज भएको छ ।

दक्षिण भारत चलचित्र क्षेत्रका स्टार अभिनेता यशको मूख्य भूमिका रहेको ‘केजीएफ २’को टिजर बिहिबार साँझ रिलिज भएको हो । टिजरमा यशसहित रवाना टण्डन र सञ्जय दत्तलाई देख्न सकिन्छ ।

टिजरले राम्रो भ्युज पाएको छ । यो समाचार तयार पार्दासम्म टिजरले १४ घण्टामा २ करोड भ्युज बटुल्न सफल भएको छ ।

२ मिनेट १६ सेकेण्डको टिजरमा २७ लाख बढीले लाइक र झण्डै १० हजारले डिसलाइक गरेका छन् । यस्तै, करिब २ लाख प्रतिक्रिया पाएको छ ।