एजेन्सी - शाहिद कपुरको फ्यानका लागि शनिबार बिहान एक खबर बाहिर आएको छ । शाहिद आफ्नो आगामी फिल्म ‘जर्सी’को लागि एक दृश्यको सुटिङमा क्रिकेट खेल्दै गर्दा घाइते भएका छन् ।

मिडिया रिपोर्ट अनुसार शाहिदले राम्रोसँग क्रिकेट खेल्दै थिए र पहिलो शटको लागि रिहर्सल गर्दै थिए तर अचानक बलले उनको तल्लो ओंठमा लाग्न पुग्दा शाहिदको ओंठबाट रगत बगेको थियो ।


उनको तुरुन्त उपचार गरियो र डाक्टरको सल्लाह लिइएको छ । शाहिदका अनुसार घाउलाई रोक्न टाँका लगाइएकोे छ भने घाउ निको नहुँदा सम्म उनी सुटिङमा समावेश हुन सक्ने छैनन् ।

यसै नाम गरेको तेलूगु हिट फिल्मको रिमेक फिल्म हो ‘जर्सी’ । गोथाम तिन्नाउरीकै निर्देशनमा बनेको यो फिलम २८ अगस्टमा रिलिज हुनेछ ।