काठमाडौं -  बलिउड अभिनेता इरफान खानको बुधबार निधन भयो । ५३ वर्षीय खानको कोलोन इन्फेक्सनका कारण अस्पतालमै निधन भएको हो ।

आन्द्रामा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बाईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा आइसियुमा राखिएको थियो ।

गत शनिबार मात्र उनको आमाको निधन भएको थियो । लकडाउनका कारण अन्तिम संस्कार नपुगेका इरफानले आफ्नो अन्तिम सास लिँदा भने आमालाई सम्झिए ।

इरफानले अस्पतालको बेडमा अन्तिम क्षणमा 'आमाले मलाई लिन आउनुभएको छ' भनेका थिए ।

इरफानको अन्तिम समयमा उनीसँगै अस्पतालमा रहेका बलिउड फेसन फोटोग्राफर भाइरलभ्यानीले इन्स्टाग्राममार्फत् जानकारी दिँदै लेखेका छन्, “इरफानको अन्तिम वाक्य यस्तो रहेको थियो, “आमाले मलाई लिन आउनुभएको छ ।”