काठमाडौं - बलिउडका चर्चित अभिनेता जोन अब्रहमले सत्यमेव जयते २ को काममा व्यस्त रहने बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार मिलाप जाबेरीले उक्त फिल्मको काममा टिम फर्किएका छन् ।गएको वर्ष गान्धी जयन्तीमा रिलिज भएको सत्यमेव जयतेले बक्स अफिसमा १०० करोडभन्दा बढीको कमाइ गरेको थियो ।

कप फिल्म भएका कारण पनि यो फिल्म विशेष चर्चामा रहेको थियो ।सत्यमेव जयते २ मा पनि भरपुर एक्सन हुने मिलापले बताएका छन् । पहिलो फिल्मभन्दा पनि यस फिल्ममा दोब्बर एक्सन हुने उनले बताएका छन् ।