काठमाडौं  - जम्मु–कस्मिरमा भारत सरकारले चालेको कदमको स्वागत गरेपछि अभिनेत्री प्रियंका चोपडा विवादमा मुछिएकी छिन् । प्रियंकालाई संयुक्त राष्ट्रसंघले दिएको गुडविल एम्बेसडरको दर्जा फिर्ता हुनुपर्ने माग पाकिस्तानले गरेको छ ।

प्रियंकाले परमाणु युद्धको खुलेयाम समर्थन गरेको भन्दै पाकिस्तानका मानवअधिकार मन्त्री सिरिन मजारीले पत्र लेखेर दर्जा खोस्न माग गरेका हुन् । 

यता बलिउड सेलिब्रेटीहरू उनको समर्थनमा उभिएका छन् । गीतकार तथा लेखक जावेद अख्तरले भनेका छन्, ‘म प्रियंकालाई व्यक्तिगत रूपमा चिन्छु । उनी सभ्य, सुशिक्षित छिन् र भारतकी सच्चा प्रतिनिधि हुन् ।’ अभिनेता आयुष्मान खुराना र अभिनेत्री कंगना रनावतले पनि प्रियंकाको समर्थन गरेका छन् ।