काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कतिपय वित्तिय विवरणमा पहिलो नम्बरमा रहेको कम्पनी पछिल्लो समय उल्लेख्य सफलता हासिल गर्दै अघि बढिरहेको छ ।

कम्पनीमा छ वर्ष अघि नयाँ व्यवस्थापनको आगमन भएको थियो । त्यसबेला १७ ओटा निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स १५ नम्बरमा थियो ।

हालको व्यवस्थापनले तेस्रो नम्बरमा ल्याउन सफल भएको छ भने धेरै कुरामा पहिलो नम्बरमा छ । नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा पुगेको छ । कम्पनीको लागी ठुलो उपलब्धि हो ।