काठमाडौं,एजेन्सी - सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् । यस्तै ड्रग्सकाे विषयमा अहिले नायिका श्रद्धा कपुरकाे पनि नाम जाेडिएकाे छ ।

नायक सुशान्त सिंह राजपुत र नायिका रिया चक्रवर्तीकी मेनेजर जया साहले नायिका श्रद्धा कपुरका लागि अनलाइनबाट ड्रग्स अर्डर गरेको बयान दिएकी छन् । भारतीय मिडियाका अनुसार, नायिका श्रद्धा कपुरका लागि उनले अनलाइनमार्फत सीबीडी ओइलको प्रवन्ध गरेकी थिइन् ।

सीबीडी त्यस्तो एउटा ड्रग्स हो, जुन भारतमा प्रतिबन्ध गरिएको छ । जयाले एनसीबीसँगको बयानमा श्रद्धाका लागि प्रतिबन्धित ड्रग्स अर्डर गरेको स्विकार गरेकी हुन् ।

पछिल्लो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेसँगै ड्रग्सको नयाँ–नयाँ मुद्दा सार्वजनिक भएको छ । बलिउडका केही चर्चित अनुहारहरु पनि ड्रग्सको मुद्दामा तानिएका छन् ।

यस्तै, एनसीबीले बलिउड नायिका दीपिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशलाई पनि बयानका लागि बोलाएको छ ।