काठमाडौं - राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । क्यान्सर रोगका बिरामी उपाध्यायको शुक्रबार बिहान निधन भएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति शुरु गरेका थिए ।

उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने छ ।