काठमाडौं - पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस् हुने समस्या हुन्छ । यस्तो अवस्था लामोसमयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुनसक्छ ।

शरीरमा पानीको कमी हुँदा छाला सुख्खा हुने समस्या हुन्छ । त्यस्तै, स्किन एलर्जी र छाला रातो हुने लगाएत छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । साथै अनुहारमा दाग आउने समस्या पनि हुन्छ । 

त्यसैले दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । विहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । एकै पटक बढी पानी पिउने गर्नुहुँदैन । 

यसो गर्दा मृगौलामा असर पर्न सक्छ , त्यसैले, केही समयको अन्तरालमा पानी पिउनु उपयुक्त हुन्छ ।

 नयाँ पत्रिका दैनिकबाट