काठमाडौं - आइतबार बेलुकी काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ।

बालकको खोजीमा लागेको महाशाखाको टोलीमाथि अपहरणकारीले आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा दुई जनाको मृत्यु भएको  छ।

मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ रहेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले डोलेश्वरको जगंलमा अपहरणकारीको इन्काउन्टर गरेको हो । मृत्यु हुने तामाङद्वय सिन्धुपाल्चोक र नुवाकोटको रहेको प्रहरीले बताएको छ ।

अपहरणकारीको साथबाट  १ ओटा पेस्तोल र २ राउन्ड गोली र बालकको  आमालाई फोन गरेर फिरौती माग्ने  मोबाइल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।