काठमाडौं - बलात्कारका आरोपी अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।

उनिमाथि राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ । गत कार्तिक महिनामा तिहारको बेला देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको उनीमथि आरोप लागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार जेल सजाय निर्धारण गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाकारी दिए ।