काठमाडौं - साझा यातायातले बुधबारदेखि लामो दूरीका बस सञ्चालन गर्ने भएको छ । साझाले बुटवल–भैरहवा–सुनौली र काठमाडौँ–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस चलाउने भएको हो । 

साझाले कोरोनाभाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी लामो दूरीमा पनि यातायात सञ्चालनमा ल्याउन लागेको हो । साझाका अनुसार भोलि साँझ ७ बजे बाग्लुङका लागि र सवा ७ बजे सुनौलीका गाडी छुट्दैछन् । दुवै गन्तव्यको लागि साझाले जाने र आउने गरी २–२ वटा गाडी सञ्चालन गर्न लागेको हो ।

साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट नेपाल सरकारले तोकेअनुसार गाडीको भाडा तिरेर साझाको टिकट काट्न सकिनेछ ।