काठमाडौं  - साधना लघुवित्तको सेयर आज नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको सेयर कारोबार भने भोलिबाट मात्र हुनेछ । कम्पनीको २१ लाख ७७ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

लघुवित्तलाई पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज १३० रुपैयाँ १३ पैशा देखी ३९० रुपैयाँ ३६ पैशा तोकिएको छ । असार २१ गतेदेखी प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर बिक्री गरेकोमा सर्वसाधारणको लागि ६ लाख ६१ हजार ५२० कित्ता सेयर बिक्री गरेको थियो ।

नेप्सेले लघुवित्तको शेयरलाई (SDLBSL) एसडिएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ।