काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिमण्डल पुनर्गठनमा लागेका ओलीले सोबारे अन्तिम निर्णय लिन बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार सचिवालयमा रहेका अधिकांश नेताहरु बैठकमा सहभागी भएपनि बालुवाटारले यसलाई अनौपचारिक बैठक बताइएको छ । बैठकमा नयाँ मन्त्री क–कसलाई बनाउने भनेर निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले बिदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।