काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्रोतका अनुसार द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि त्यसप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।

मानवअधिकारका क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।