काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकिकरणपछिको पहिलो महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ ।

अध्यक्षद्वयको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरी ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ । प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ ।