काठमाडौं,एजेन्सी - प्रिमियर लिगमा म्यान्चेष्टर सिटी टोटेनहमसँग पराजित भएको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

दुवै टोलीका पहिलो हाफमा गरिएका गोललाई रेफ्रीले अफसाईड दिएका थिए । ह्यारी केनले अफ साईड विट गर्दै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । ग्याब्रियल जिससले डिबक्स भित्रबाट गरेको गोललाई रेफ्रीले ह्यान्ड बल भनिदिए ।

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १० औं स्थानमा छ ।