काठमाडौं -  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।

नेकपाका श्रेष्ठ कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मी भन्दा एक हजार दुई सय १८ मत बढी ल्याएर विजयी भएका हुन् । श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याएका छन् भने कांग्रेसका रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए ।

 यस्तै, महिलातर्फबाट उम्मेदवार बनेकी नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ ।