काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।

गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गा प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन्।

त्यसअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस मागेको आरोप लगाएपछि डा। गिरीले त्यसको खण्डन गरेका थिए । बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरीको दाबि छ ।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । साथै उनले यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् । गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न  माग गरेका छन्।