काठमाडौं - उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश रोगको उपचार स्वेदशमा नै संभव रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उपप्रधानमन्त्री यादवले अधिकांश रोगको उपचार नेपालमा नै संभव रहेको बताएका हुन् । विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको र उपचारका लागि विदेश जानु नपर्ने उनको भनाइ थियो ।

स्वदेशमा नै सबै रोगको उपचार होस् भन्ने आफ्नो चाहना भएता पनि विदेशमा उपचार गर्न जानेलाई रोक्ने कानुन नभएको समेत उपप्रधानमन्त्री यावदले प्रस्ट पारे ।

नेपालमा विदेशबाट समेत मानिसहरु उपचार गर्न आउने समेत उपप्रधानमन्त्री यादवको भनाइ थियो । ‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने ।

 अघि भने, ‘हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन ।’

क्यान्सरको उपचार समेत नेपालमा राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको यादवको दाबी छ । ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ ।’